नेपालमा अब १८–३५ वर्ष उमेर समूहका मात्रै युवा


२०८२ भदौ १२ बिहीबार १४:२१ बजे

काठमाडौँ । अब युवाको उमेर १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख गरिएको छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसंख्या निकाल्न आग्रह गरिएको जानकारी दिएका छन् ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म मानिने हुनाले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवामा राखिएको हो । संयुक्त राष्ट्रय संघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतले १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ । 

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० बर्ष हुने बताए । ‘युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,’ उनले भने । प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७