एक असईसहित २० प्रहरी सम्पर्कविहीन


२०८२ भदौ १० मंगलबार १०:२८ बजे

काठमाडौं । एक प्रहरी सहायक निरीक्षक (असई) सहित २० प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । 

गैरहाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ । 

हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७