एसीटीमाथि नेपालको शानदार जित, ह्याट्रिकसँगै सन्दीपको पाँच विकेट


२०८२ भदौ १० मंगलबार १०:२४ बजे

काठमाडौं । सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) माथि शानदार जित हात पारेको छ । आज बिहान भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको हो ।  

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाएको हो । नेपालका लागि लामिछानेले सन्दीपले सर्वाधिक पाँच विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिदै ह्याट्रिक गरेका हुन् ।

यसैगरी करण केसीले २ विकेट, रुपेश सिंह, गुल्सन झा र कुशल भुर्तेलले १÷१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३८ बलमा आशिफले ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३६ रन, आरिफ शेखले २४ र दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७