विप्लवलाई भेट्न हरिसिद्धि पुगे प्रचण्ड


२०८२ भदौ ९ सोमबार ११:११ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’भेट्न हरिसिद्धि पुगेका छन् । अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच सोमबार बिहान १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । 

माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो । यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको बताइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७