राज्य व्यवस्थाको सभापतिबारे निर्णय लिन देउवाले बोलाए बैठक


२०८२ भदौ ९ सोमबार १०:५४ बजे

काठमाडौं । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय लिन सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।

पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् । कांग्रेस नेताहरुको आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे पनि छलफल हुनसक्ने एक नेताले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७