संसद्ले पास गरे पनि एमसीसीलाई जनताले मान्यता दिएका छैनन् : विप्लव

‘अमेरिकी उपनिवेशवादी दबाब सामु सरकारले घुँडा टेक्यो’


२०८२ भदौ ८ आइतबार १४:४० बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् ।

आज (आइतबार) काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‍बाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको जिकिर गरे । संसदभित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुको व्यवहार जनताले अस्वीकार गरेको भन्दै विप्लवले एमसीसी नेपालको संविधान र कानुन अनुकूल नभएको दाबी गरेका छन् ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसनको सन्दर्भमा नेपाल सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न सकेन, सन् २०२२ फेब्रुअरी २७ मा संसदबाट अनुमोदन गर्नुपर्‍यो,’ उनले भने, ‘स्मरणीय कुरा के छ भने भित्र संसद‍मा बहस हुँदै गर्दा बाहिर बानेश्वर क्षेत्र भिडन्तस्थल बनेको थियो । सयौं कार्यकर्ता घाइते भएका थिए र दर्जनौ मुद्दाहरु खेप्नुपरेको थियो। एमसीसीको पक्षमा मतदान गर्ने बेलामा संसद्‍भित्र देखिएको आत्मसमर्पणवादी कुरुप परिदृश्य जनताका लागि निकै पीडादायी थियो । संसद र सरकारले पास गरेको भए पनि एमसीसीलाई जनताले मान्यता दिएका थिएनन्, छैनन् ।’ 

परियोजना कार्यान्वयनका लागि जमिन अधिग्रहणका विषयमा स्थानीयको गुनासो र आक्रोशको बेवास्ता गरिएकोमा नागरिकमा अझैपनि असन्तोष र आक्रोष व्याप्त रहेको विप्लवको भनाइ  छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७