संसदमा हर्क साम्पाङले भने : एमसीसी खारेज गर्नुपर्छ
काठमाडौं : प्रतिनिधि सभाको पहिलो बैठकमा श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, 'म यहाँ मनको कथा राख्न चाहन्नँ। हामी के गरिरहेका छौं र भोलि के गर्नुपर्छ भन्नेबारे जनताको माग व्यक्त गर्न चाहन्छु। देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिलाई जोगाइ राख्न सैन्य रणनीतिक उद्देश्यसहित सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ।”
उनले राष्ट्रिय हित र विदेशी हस्तक्षेपविरुद्ध स्पष्ट धारणा राख्दै यस विषयमा तत्काल निर्णय लिन सरकारसँग आग्रह गरेका छन् ।
.gif)

.png)

