एमसीसी सैन्य रणनीतिसँग जोडिए खारेज गर्नुपर्छ : देव गुरुङ


२०८२ भदौ ८ आइतबार १५:३१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भए पनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनु पर्ने उनले बताएका छन् । 

उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सकारात्मक भएको पनि टिप्पणी गरे । उनले आर्थिक सहायतार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा पुर्‍याउन सक्ने वा नसक्ने विषय निक्र्यौल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता समेत औंल्याए । राष्ट्रिय पुँजी निर्माणलाई कुण्ठित गर्ने आर्थिक सहायता लिन नहुनेमा उनको भनाइ थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७