एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधान विपरीत : झलनाथ खनाल


२०८२ भदौ ८ आइतबार ११:३६ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भूराजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता खनालले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरण भएको जिकिर गरे ।

एमसीसी सम्झौताले चीन र भारतसँग नेपालको भूराजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्‍याएको उनको बुझाइ छ । उनले एमसीसी सम्झौता संसद्बाट असामान्य ढंगबाट अनुमोदन भएको समेत बताए । संसद्मा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक नाटक भएको खनाल बताउँछन् ।

एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै उनले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा जिकिर गरे । एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७