भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा होइन : वाङ यी


२०८२ भदौ ६ शुक्रबार ११:०९ बजे

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशको विपक्षमा नभएको र यसले अन्य देशलाई असर नपर्ने बताएका छन् ।

अमेरिकासँग भारत र चीनको व्यापार तनाव चलिरहेको र नेपालको भूमि लिपुलेकबारे गरिएको समझदारीको विरोध भइरहेका बेला चीनका विदेशमन्त्रीले तेस्रो देशप्रति लक्षित नरहेको बताएका हुन् ।

भारतपछि पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री वाङले इस्लामावादमा आयोजित संयुक्त प्रेस मिटमा यस्तो जवाफ दिएका हुन् । उनले त्यहाँ पाकिस्तानी विदेशमन्त्री इसहाक डारसँग भेटवार्ता गरेका थिए ।

उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ) को प्रभाव समयसँगै देखिनेछ, तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको छ ।’ वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७