नेपाली सेनाले खुलायो २८० जना अधिकृतका लागि जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी-उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।
रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक युवाले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।
हेर्नुस् सूचना