नेपालले आज भुटानसँग खेल्दै


२०८२ भदौ ६ शुक्रबार ०७:३७ बजे

काठमाडौँ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) भुटानसँग खेल्दैछ । खेल भुटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले पर्सी आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भुटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७