नेकपा एसमा युवा संघको समानान्तर कमिटी, खनालले दिए बधाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्वद्ध युवा संघको समानान्तर कमिटी गठन भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौं महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएकै दिन आइतबार सम्मानीत नेता झलनाथ खनाल पक्षका युवाले समानान्तर कमिटी घोषणा गरेका हुन् । घोषित समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन् ।
२२१ सदस्यीय समानान्तर कमिटी घोषणा लगत्तै सम्मानित नेता झलनाथ खनालले बधाई दिएका छन् । अध्यक्ष माधवकुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आइतबार सञ्जीव राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो ।
आयोजक कमिटीको उपाध्यक्षमा झलनाथ खनालका छोरा निर्भिक खनाललाई दोस्रो नम्बरमा राखिएको छ र आयोजक कमिटी कोशीको इन्चार्ज बनाइएको छ । नेपाल पक्ष भने रोशन थापा नेतृत्वमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेर तयारीमा लागेको छ ।
सो पक्षलाई आइतबारमात्रै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ गराएका थिए । काठमाडौंमा पत्रकार सम्मेलन गरी खनाल पक्षका युवाहरूले पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएकाले समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए ।
हेर्नुस् समानन्तर कमिटीमा को–को ?