घाँटी काटेर वक्यौता उठाउने कुरा  मान्य हुुँदैन : मन्त्री खड्का 

‘उद्योगीहरुको विद्युत नकाटी वक्यौताहरु असुल्नु पर्छ’


२०८२ भदौ १ आइतबार १७:२० बजे

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा ‘डेडिकेटेड फिडर’ तथा ‘ट्रंकलाइन’ मार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता उठाउनु पर्ने पक्षमा आफू रहेको बताएका छन् । आज (आइतबार) नेपाल विद्युत प्राधिकरणको ४०औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले टिओडी मिटरमा उठेको रकम उद्योगीहरुको लाइन नकाटी उठाउनु पर्ने बताए । 

अर्थ मन्त्रालय अन्तर्गतका वक्यौताहरु भने मिनाहादेखि घटाउन सकिने उनको भनाइ छ । उर्जामन्त्री खड्काले आगामी दिनमा पनि उद्योग धन्दाहरुलाई नेपालमा उत्पादित बिजुली बेच्न पर्ने भएकाले घाँटी काटेर वक्यौता उठाउने कुरा आफूलाई मान्य नहुने बताए ।

उर्जामन्त्री खड्काले आफू आएदेखि बक्यौत उठाउन प्रयत्न गरेको बताए । विद्युत वक्यौताका विषयमा थ्रुपै पटक समितिहरु बनेको बताउँदै उनले लाल आयोगको दराज भित्र थन्काइएको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताए । 

खड्काले कुनै निकायको कुरा गरेर आफू नतर्सिने समेत जिकिर गरे । कानून भित्र बसेर अनुशासित ढंगले काम गर्न समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उनले निर्देशन दिए । खड्काले विद्युत वक्यौता असुली गर्न सघाउ पुगोस् भनेर मन्त्रालयले समिति बनाइ दिएको बताए । उनले समिति गठन गर्दा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाए । 

उनले प्राधिकरणका कर्मचारीलाई तलब खाँदा पाप नलाग्ने, बिल ठिक छ की छैन् भनेर चेक गर्दा पाप लाग्ने ? भन्दै आक्रोश पोखे । उनले अख्तियारलाई चिठ्ठी पठाएको भरमा आफू चुप नलाग्ने समेत चेतावनी दिए । अख्तियारलाई आफूले राम्रोसँग चिनेको बताउँदै खड्काले सरकार विद्युत वक्यौताको पैसा उठाउन आफूहरुले खोज्दा अवरोध गर्न खोजिएको बताए । 

सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ। खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पत्ति ६ दशमलब २ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको साथै गत आर्थिक वर्षमा प्राधिकरणको प्रणालीमा कूल ४३४ मेगावाट थप भएको शाक्यले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७