विशेष अदालतका अध्यक्ष कुँवरविरुद्ध उजरी

साउन । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरमाथि कारबाहीको माग गर्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले न्याय परिषद सचिवालयमा उजुरी गरेका छन् । शुक्रबार दर्ता भएको उजुरीमा कुँवरले न्यायपालिकाको मान मर्दन हुनेगरी गतिविधि गरेका प्रमाणहरु समेत पेश गरिएको छ ।
उजुरीमा कुँवरले राजनीतिक नेताहरुको कार्यालय धाउने, स्वतन्त्र अदालतको अवधारणा विपरित असम्बद्ध गुणस्तर तथा नापतौल विभागको प्रमाणपत्र लिने जस्ता न्यायिक निष्ठा विपरित कार्य गरेको उल्लेख गरिएको छ ।
यसैबीच शुक्रबार नै विशेष अदालतका न्यायाधीशहरूको पूरै टिम फेरिएको छ । पाटन उच्च अदालत दरबन्दी भई काजमा विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत न्यायाधीश टेकनारायण कुँवरसहित ६ जना न्यायाधीशको सरुवा भएको हो । विशेष अदालतमा हालसम्म ६ जना न्यायाधीश कार्यरत थिए ।