कुशलको अर्धशतकका बावजुद नेपाल बंगलादेश ‘ए’ सँग पराजित


२०८२ श्रावण ३१ शनिबार १९:२२ बजे

काठमाडौं । कुशल मल्लको अर्धशतकको बाबजुद पनि नेपाल अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो पटक पराजित भएको छ ।

टी–२० विश्वकप छनोटको तयारी अभ्यास स्वरुप अष्ट्रेलियामा खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहारेको हो । शनिबार डर्बिनमा भएको खेलमा बंगलादेश ‘ए’ सँग ब्याटर नचल्दा नेपाल पराजित भएको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको बांग्लादेशी टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो । जसमा जिशन आलमले ७३ र अफिफ आलमले ४८ रनको योगदान दिएका थिए । बलिङमा नेपालका रिजन ढकालले दुई, करन केसी, सन्दीप लामिछाने र नन्दन यादवले एक एक विकेट लिएका थिए । 

१८७ रन पछ्याएको नेपाली टोलीका ब्याटर सुरुदेखि नै टिकेर खेल्न सकेनन् ।  भरपर्दा ब्याटरहरू कुशल भुर्तेल १२, आशिफ शेख २८, लोकेश बम १६, कप्तान रोहित पौडेल १०, दीपेन्द्रसिंह ऐरी १, गुल्शन झा शून्य रनमै आउट हुन पुगे । 

कुशल मल्लले भने अन्तिमसम्म लडेर ४७ बलमा ५९ रन जोडे । अन्तिममा उनलाई साथ दिएका नन्दन यादवले १४ रन जोडेकाले नेपाल ७ विकेट गुमाएर १५४ रनसम्म पुग्यो । यसअघि अष्ट्रेलियाको नर्दन टेरिटोरीसँग खेलेको खेलमा नेपाल ४३ रनले पराजित भएको थियो । अष्ट्रेलियामा नेपालले अभ्यास स्वरूप टप एन्ड टी–२० सिरिज खेलिरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७