कोइरालाको कटाक्ष : जहाँ खाली जग्गा, त्यहाँ एमाले, राजा वीरेन्द्रको जग्गा पनि छाडेनन्

‘कुलिङ पिरियड’ माथि एमालेको छेडखानी अब लुकाइराख्नु पर्दैन’


२०८२ श्रावण ३१ शनिबार १८:२८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै कटाक्ष गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले भूमिसम्बन्धी आएको विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । 

खाली जग्गामा एमालेको आँखा गइहाल्ने उनको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको उनले बताए ।

उनले खाली जग्गा जतिमा जताततै एमालेको मात्रै नाम सुनिने बताए । सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै उनले प्रश्न गरे । एक जना तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेको बताउँदै नेता कोइरालाले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भने राजीनामा नदिएर बसिरहेको बताए ।

‘भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती बसिरहनु भएको छ । जबकि कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधार मन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ,’ कोइरालाले भने । 

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलक्षित गरेर पनि कोइरालाले थप अभिव्यक्ति दि ए। उनले भने, ‘बिचौलिया एक जना हुनुहुँदो रहेछ । रेमश चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ?’ कोइरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

‘कुलिङ पिरियड’ माथि एमालेको छेडखानी अब लुकाइराख्नु पर्दैन’

डा. कोइरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् ।

उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनु पर्ने आवश्यकता नरहेको बताए । उनले राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनु पर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए । उनले किन संशोधन हाल्नु भयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनु पर्न जरूरी नरहेको बताए ।

एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ । सांसद कोइरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताए । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७