टप एण्ड टी–२० सिरिज : नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्दै


२०८२ श्रावण ३१ शनिबार १५:३१ बजे

काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा नेपालविरुद्ध बंगलादेश ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । बंगलादेश ‘ए’ आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको थियो ।

तीन खेलाडी परिवर्तन
नेपालले अघिल्लो खेलमा खेलेको टिमबाट तीन परिवर्तन गरेको छ । सोमपाल कामी, शाहाव आलम र रुपेस सिंह बाहिरिएका छन् भने करण केसी, नन्दन यादव र रिजन ढकालले मौका पाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७