कारागारमा झडप : घाइतेहरु भेट्न अस्पताल पुग्यो मानवअधिकार आयोगको टोली


२०८२ श्रावण २४ शनिबार ०९:३८ बजे

कैलाली । कैलाली कारागारमा भएको झडपका घाइतेहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ ।

घाइतेको परिवारले भेट्न नपाएको, उपचारबारे जानकारी नभएको गुनासो आएपछि आयोगको टोली अवस्था बुझ्न पुगेको हो । सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टले घाइतेहरुको अवस्थ बुझिरहेका छन् । कारागारमा भएको झडपमा एकको मृत्यु भएको छ भने ४७ जना घाइते छन् ।

चार वटै सुरक्षा निकायका प्रमुख पनि पुगे कारागार
कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएपछिको अवस्था बुझ्ना जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।

कारागारको पछिल्लो अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पुगेका हुन् । यसैबीच कारागारमा भने आफन्त र मिडियालाई रोक लगाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७