अग्रज र सहिदहरुका संकल्प पूरा गर्न दृढता साथ लाग्नु पर्छ : प्रधानमन्त्री


२०८२ श्रावण १७ शनिबार १७:०५ बजे

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औं तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने संकल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७