माओवादी फुट्दैन, बोलेको भरमा कसैलाई कारबाही पनि गर्दैन : वर्षमान पुन


२०८२ श्रावण १७ शनिबार १५:४७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी मोर्चामा आबद्ध भएकाहरूसँग एकता वार्ता भइरहेको बताएका छन् ।

जारी स्थायी कमिटी बैठकस्थल पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विचार मिल्नेहरूसँग एकता गर्ने पार्टीको एजेण्डा नै भएको जानकारी दिए ।

उनले भने, ‘हामीले एकीकृत समाजवादी, नेकपा विप्लवसँग पनि कुराकानी गरिरहेका छौं । यसलाई हामीले नियमित काम गरिरहेका छौं । हामी धेरै हल्लाखल्ला नगरी छलफल अघि बढाइरहेका छौं । असमझदारीलाई छलफलबाट टुंग्याउँछौं ।’

उनले माओवादी कुनै हालतमा नफुट्ने दाबी गरेका छन् । प्रचण्ड र जनार्दन शर्माबीच चलेको अन्तर संघर्षबारे उनले भने, ‘आएको विषयहरू पार्टीभित्र छलफल गर्छौ, मिडिया र अरू मान्छेले हल्ला गरेको कुरालाई हामी पूरा हुन दिँदैनौं । पार्टी फुट्दैन ।’

उनले आफ्नो कुरा राखेको र बोलेको भरमा कसैलाई पार्टीले कारबाही नगर्ने समेत बताएका छन् । पार्टीभित्र भएको गुटलाई अन्त्य गरेर जाने भन्दै आफ्नो गुट नभएको जिकिर गरे । अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने बैठकले निष्कर्ष निकाल्ने उनले दावी गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७