प्यारालाइसिस श्रीमतीको हत्या, आफै पुगे प्रहरीकोमा


२०८२ श्रावण १७ शनिबार १४:५५ बजे

म्कवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा एक व्यक्तिले बिरामी अवस्थाकी श्रीमतीको हत्या गरेका छन् ।

विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान मानबहादुर आफैले श्रीमतीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए । उनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले मानबहादुरसँग सोधपुछ गर्दा उनले श्रीमती प्यारालाइसिसको बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले आफूले तनावमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको उल्लेख गरेका छन् । मानबहादुरले आफू समेत झुण्डिन खोज्दा डोरी चुँडिएपछि आफू प्रहरीकोमा आइपुगेको जानकारी गराएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७