‘प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा’


२०८२ श्रावण १७ शनिबार १३:२० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको उनको आरोप छ । पार्टी फुटाउने, राज्यका अंगहरू छिन्नभिन्न बनाउने काममा ओली लागेको उनको जिकिर छ । गुरुङले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था त्यो समयसम्म रहन्छ कि रहँदैन भन्ने चिन्ताको विषय रहेको बताएका छन् । 

महासचिव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनेमा पनि आशंका व्यक्त गरे । प्रधानमन्त्री ओली शान्ति सम्झौताको विपक्षमा रहेको भन्दै गुरुङले उनको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाए ।

लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडि गए मात्र अहिलेको व्यवस्था बच्ने उनको भनाइ छ । अहिलेको लडाई व्यवस्था जोगाउनका लागि हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनै पनि बेला शक्तिकेन्द्रको आडमा व्यवस्थामाथि प्रहार गर्नसक्ने उनको आशंका छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७