माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दनकाे चार प्रस्तावमा होला छलफल ?


२०८२ श्रावण १४ बुधबार १२:३६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित भएको थियो । उक्त अभियान फेरि सुरू गर्नेकी महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बस्न लागेको माओवादीले जनाएको छ । माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै आएका छन् । साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्ने बताएका थिए ।

उनको अभिव्यक्तिपछि नेताहरू विभाजित भएका छन् । शर्माले पार्टीको विशेष अधिवेशन माग गर्दै मंगलबार चार बुँदे प्रस्ताव समेत अघि सारेका छन् । आजको बैठकमा यो विषयमा पनि कुरा हुने सचिव दिनानाथ शर्माले जानकारी दिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७