रास्वपाले किन राख्यो रवि थुनिएको भैरहवा कारागार नजिकै संसदीय दलको बैठक ? 


२०८२ श्रावण १४ बुधबार ११:३७ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा संसदीय दलको बैठक राखेको छ । आज (बुधबार) दिउँसो १ बजे भैरहवाको रमादा होटलमा संसदीय दलको बैठक राखिएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् । वैठकस्थल र रास्वपा सभापति रवि लामिछाने बसेको कारागार करिब १५ मिनेट दूरीमा छ । 

उनका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बस्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन्।  त्यसो त उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर परामर्श पनि लिइरहेका छन् । मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए ।

‘रूपन्देही–३ को चुनाव लक्षित कार्यक्रमका लागि सांसदहरू भैरहवामै भएकाले बैठक आयोजना गरेका हौं । यो बैठकमा संसदको चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत धेरै विषयमा छलफल गर्नेछौं,’ उपनेता श्रेष्ठले सुनाए । रास्वपा अहिले संसदीय दलको नेताविहीन छ ।

सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपचुनावलाई ध्यानमा राखेर सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर अभियान, मतदाता भेटघाट लगायत गतिविधि गरिरहेको छ । संसदीय दल बैठक पनि चुनावी प्रचारकै अंग भएको रास्वपाले बताएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७