बागमती कांग्रेस संसदीय दलको नेतामा लामाको पनि उम्मेदवारी दर्ता


२०८२ श्रावण १४ बुधबार ११:११ बजे

काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन् । आज (बुधबार) हेडौंडास्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् । यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । यसअघि लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए । हिजो साउन १३ गते मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएपछि उनले दल नेताको हैसियत गुमाएका छन् ।

संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ । यता मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले पाँच वटै मन्त्रालयका मन्त्री नियुक्तिको तयारी गरेका छन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रीले राजीनामा दिएका थिए । राजीनामासँगै पाँच मन्त्रालय मन्त्रीविहीन थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७