एक वृद्धको सुतेकै ठाउँमा हत्या

सिरहा । सिरहामा एक वृद्धको सुतेकै ठाउँमा हत्या भएको छ । धनगढीमाई नगरपालिका–११ आमचोकका ७५ वर्षीय अनिललाल यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।
आज बिहान ६ : २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८ः२० बजे उनको मृत्यु भएको डीएसपी पासवानले बताए । उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ