नेपालमा अहिलेको मुख्य दुष्मन राजतन्त्र होइन : अध्यक्ष प्रचण्ड


२०८२ श्रावण १० शनिबार १८:०६ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालको मुख्य दुष्मन राजतन्त्र नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुष्मन नभएको बताएका हुन् । 

‘अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुष्मन छैन । उठ्न जमर्को गरे पनि त्यो उठ्नेवाला पनि होइन’, उनले भने । उनले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरूले विध्वंश मच्चाइरहेको बताए ।

नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएको उल्लेख गरे । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको उनले जिकिर गरेका छन् । 

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ।’ 

उनले संघीय निजामति विधेयकमा सबै सांसद अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्‍यो भन्दै प्रश्न पनि गरेका छन् । उनले अदालत, कर्मचारीतन्त्र सबैतिर भ्रष्टाचार भएको भन्दै यसका विरुद्ध लड्नुपर्ने बताएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७