यी तीन कारण देखाउँदै खनालले गरे राष्ट्रियतामै संकटको संकेत


२०८२ श्रावण १० शनिबार १९:२१ बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफ मागेका छन् । खनालले देशमा कम्युनिष्ट आन्दोलन विभाजित भएकै कारण देशको समग्र अवस्था संकटपूर्ण बन्दै गएको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा पुष्पलालको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारबाट विभिन्न तीन वटा सन्धि-सहमति हुन लागेको बताएका छन् । खनालका अनुसार, ती विषयमा सतर्क नहुने हो भने नेपालको राष्ट्रियतामाथि झनै खतरा बढ्दै जानेछ ।

भारतसँग हुन लागेको सुपुर्दगी सन्धि, कोशी उच्च बाँध र नागरिकता विधेयकको विषयमा सतर्क नहुने हो भने राष्ट्रियतामाथि नै संकट आउन सक्ने सम्भावना रहेको खनालको जिकिर छ । 

खनालले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को समस्या ल्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसबारे सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।

कोशी उच्च बाँध बाँधिने कुरा आइरहेको भन्दै नेता खनालले यसबारे पनि सरकारले नागरिकलाई जानकारी गराउनु पर्नेमा जोड दिए । खनालले नेपालको राष्ट्रिय हित विपरित सरकारले तीन वटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको ध्यानाकर्षण गराएका छन्। विगतमा राणाकालीन शारदा ब्यारेजदेखि गण्डक, कोशी र टनकपुरमा नेपाल ठगिएकाले ठूला उच्च बाँधका बारेमा सचेत हुन प्रचण्डलाई आग्रह गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७