ठेकेदार रामप्रताप यादवको घरमा युवतीको ‘रहस्यमय’ मृत्यु


२०८२ श्रावण १० शनिबार २०:३७ बजे

काठमाडौं : गौर नगरपालिकाअन्तर्गत वडा नम्बर ५ निवासी पेटी ठेकेदार रामप्रताप यादवको ललितपुर र गौरस्थित घरमा बाल्यकालदेखि काम सघाउन राखिएकी युवती पुनम महतो आज बिहान ४ बजे झुन्डिएको अवस्थामा फेला परेकी छन् । विवादित यादव द्वन्द्वकालमा माओवादी र नेता प्रभु साह निकट हुन् । 

हिजो बेलुका रामप्रतापसङ्गै बजारबाट तरकारी किनेर घर फर्किएकी अत्यन्त गरिब परिवारकी १८ बर्षिया पुनमले मध्यराति झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

रामप्रताप यादव

उनले राम्रो अक्षरमा लेखेर छाडेको सुसाइड नोटमा अर्को जुनीमा पनि आमाको साथ रहोस्,यस्ती भाउजू कसैलाई नपरुन्,कानुनी कार्वाही कसैलाई नगरियोस् भन्ने ब्यहोरा उल्लेख छ । 

मृत्युको सबै विवरण खुलिसकेको छैन । स्थानीय बासिन्दाले अप्रिय घटनाको आशंका गरेका छन् । रामप्रतापकी जेठी श्रीमती सुधा पनि झण्डै एक दशकदेखि बेपत्ता छिन् । उनी हालकी पत्नी रिनाकुमारी रायकी फुपू हुन् । 

बिहारको सीतामढी माइत भएकी उनलाई सन्तान जन्माउन नसकेको भनी हेलाँ होचो हुँदै आएको रामप्रतापका दाइ शिवदयाल र ५ नम्बरका वडाध्यक्ष सुशंकर यादव बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७