चितवनमा भोलिदेखि दैनिक लोडसेडिङ (तालिका)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो । वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ के. भि. सब स्टेशनबाट आउने ३३ के. भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था छ ।
तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
हेर्नुस् सूचना