‘पार्टी अध्यक्ष र महासचिवको नाममा देशभर गुट चलाइएको छ’ 


२०८२ श्रावण १० शनिबार १६:४१ बजे

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाममा देशभर गुट चलाइएको टिप्प्णी गरेका छन् ।

आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले पार्टी दशौं राष्ट्रिय महाधिवेशनपछि अहिले इतिहासकै सबैभन्दा बढी गुटबन्दी अल्झिएको बताएका छन् । ‘यस अवधिमा मूल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तल–तलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ । पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ,’ उनले लेखेका छन् ।

उनले केही सीमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको  सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रवृत्ति पार्टीमा हाबी भएको उनको गुनासो छ । उनले जनताको बहुदलीय जनवाद  र आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाइए पनि पार्टीभित्र त्यस प्रकारको व्यवहार नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्लाह र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो । पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले  प्राप्त गर्‍यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा  चुकिरहेका छौ ।  एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७