मुख्य चार राजमार्ग पूर्णरुपमा अवरुद्ध


२०८२ श्रावण १० शनिबार १२:३९ बजे
फाइल फोटो

काठमाडौं । बाढी–पहिरोका कारण देशका मुख्य चार राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्णरुपमा अवरुद्ध भएका छन् ।

हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको छ । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । बाढीपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्णरुपमा अवरुद्भ भएको प्रहरीले जनाएको छ ।

बिहान साढे १० बजेसम्म गरिएको अद्यावधिक तथ्यांक अनुसार काठमाडौंको टोखा–२ स्थित काठमाडौं–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छन् । सबै ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७