दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौं : एनपी साउद


२०८२ श्रावण १७ शनिबार ०६:५८ बजे

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि काममा तीव्रता दिनुपर्नेमा जोड दिए । अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उनले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उनले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७