इरानको जेलबाट छुटेका पाँच नेपाली आइपुगे नेपाल


२०८२ श्रावण ९ शुक्रबार १२:५५ बजे

काठमाडौं । इरानको जेलबाट छुटेका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो । 

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ । तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन । यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी नौं नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी मन्त्रालयले दिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७