‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान


२०८२ श्रावण ९ शुक्रबार ११:१५ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन् । ‘उज्यालो नेपाल’ अभियानका नायक कुलमान घिसिङ एक महिने अमेरिका–युरोप यात्रामा निस्किएका हुन् । 

शुक्रबार सामाजिक सञ्जालमा आफ्नो भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै घिसिङले ‘उज्यालो नेपाल’ अभियान लिएर आफू आज अमेरिका प्रस्थान गरेको जानकारी दिएका हुन् । उनी यस भ्रमणमा अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तक्र्रियाहरूमा सहभागी हुने छन् । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहने छन् ।

जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहने छन् । अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहने छन् । त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्ने छन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ ।

उनले विदेशमा रहने नेपाली डाएस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्ने समेत बताएका छन् । यसअघि पनि घिसिङ मध्यपूर्व देशहरू ओमन, यूएई, कतारलगायतका देशहरू घुमेर आएका थिए ।

यस्तो छ घिसिङको भ्रमण कार्यतालिका 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७