५८ औं दिन पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


२०८२ श्रावण ७ बुधबार १४:३२ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए ।

आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई बोल्न समय दिएका थिए । उनीहरूले आ–आफ्ना धारण राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिएका थिए । यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७