जंगली च्याउ खाँदा दिदी–भाइको मृत्यु, आमा–छोरीको उपचार हुँदै


२०८२ श्रावण ७ बुधबार १०:२० बजे

रुकुम । रूकुम पूर्वमा जंगली च्याउको तरकारी खाएपछि गम्भीर बिरामी भएका दिदी–भाइको मृत्यु भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका–५ सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका भाइ ६ वर्षीय योजन विकको मृत्यु भएको हो । 

रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार भाग्यरेखाको मंगलबार राति पौने १२ बजे दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो । योजनको सोमबार नै मृत्यु भएको थियो । सल्यान अस्पतालमा उपचारकै क्रममा योजनको मृत्यु भएको थियो । 

च्याउ खाँदा बिरामी परेका  उनीहरुकी आमा ३५ वर्षीया रामकुमारी सुनार र दिदी ९ वर्षीया आयुषा विकको उपचार जारी छ । रामकुमारीको दाङमा र आयुषाको रुकुम पश्चिम अस्पतालमा उपचार भइरहेको डिएसपी यादवले जानकारी दिए ।

बिरामी पर्नुभन्दा तीन दिन अगाडि रामकुमारीले जंगलबाट च्याउ टिपेर ल्याएकी थिइन् । च्याउ पकाएर खाएको तीन दिनपछि परिवारका चारै जना गम्भीर बिरामी परेका थिए । त्यसपछि अस्पताल पुर्‍याइएकोमा रामकुमारीकी एउटा छोरा र एउटी छोरीको मृत्यु भएको डिएसपी यादवले जानकारी दिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७