पहिरोमा परी तीन जनाको मृत्यु, मुख्य राजमार्गका ६ ठाउँमा अवरूद्ध


२०८२ श्रावण ५ सोमबार १०:३८ बजे
फाइल फोटो

काठमाडौं । अबिरल वर्षाका कारण बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरूद्ध भएका छन् । पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमतीको मृत्यु भएको छ । उनीहरू पहिरोमा पुरिएर बेपत्ता भएकोमा प्रहरी टोली र स्थानीयको सक्रियतामा शव निकालिएको थियो । 

पहिरोले विश्वकर्मा दम्पतीलाई घरभित्रै पुरेको थियो भने बुहारी पवित्रा भने पहिरो खस्नासाथ हाम्फालेर बाँच्न सफल भएको बताइएको छ । उता पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका–४ थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा प्रहरीका प्रवक्ता रोहितकुमार शाहीकाअनुसार माथिबाट आएको पहिरोले घर पुरिँदा घर्तीमगरको मृत्यु भएको थियो ।

यसैबीच बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पुगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले आज बिहान ९ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ ।

रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सचालनमा छ ।

यञ्स्तै बागलुङको गलकोट नगरपालिका ११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो झरेकाले कालिगण्डकी कोरिडोर एकतर्फी सन्चालनमा छन् । रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फी भएको प्रहरीले जनाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७