ओलीलाई रावलको कटाक्ष : बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउने कि ?


२०८२ श्रावण ५ सोमबार १०:१६ बजे

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुप र्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् । 
एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनु पर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७