विद्या भण्डारीको सदस्यता यो वर्ष पनि नविकरण भइसक्यो : कर्ण थापा


२०८२ श्रावण ४ आइतबार १७:३७ बजे
फाइल फोटो

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे निर्णय हुन बाँकी रहेको चर्चा चलिरहेका बेला एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने दुई बर्षको नविकरण भइसकेको दावी गरेका छन् । 

अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता चलिरहेका बेला बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए । तर, हिजो र अस्ती दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एकवर्ष अघि नै र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।

‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाले भने । उनले शुक्रबार र शनिबार बसेको पार्टी बैठकमा सदस्यताबारे निर्णय नभएको पनि बताए । अहिले ओली र भण्डारीबीच च्यासलमा ‘एक्ला एक्लै’ वार्ता चलिरहेको छ । सचिवालय र पोलिटब्युरो बैठकमा आएको सुझाव अनुसार नै उनीहरूबीच वार्ता चलिरहेको उनले बताए ।

‘उहाँहरूले छलफल गर्नुअघि बस्यौं । दुवै जना प्रफुल्ल मुद्रामा हुनुहुन्छ । लामो सहयात्राका कुराहरू पनि गर्नुभयो । अहिले राजनीतिक वार्तामा प्रवेश गर्नुभएको छ । उहाँहरू दुई जनाबीच मात्रै छलफल भइरहेको छ,’ थापाले भने । पार्टीभित्र द्वन्द्व समाधान हुन नसक्ने अवस्थामा पुगेको जस्तो आफूलाई नलागेको पनि उनले बताएका छन् । ‘अहिले कुनै पनि कित्ताकाट छैन । पछि महाधिवेशनबाट को के मा उठ्ने कसरी अघि बढ्ने भन्नेबारे हुन्छ । अहिले कुनै कित्ताकाट छैन,’ थापाले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७