छोराले गरे बाबुको हत्या

अर्घाखाँची । कुटपिट गरेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका–१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।