वार्तामार्फत मेडिकल एशोसिएसनको समस्या समाधान गर्न नेपाल बारको आग्रह


०५:०२ बजे

काठमाडौं । नेपाल मेडिकल एशोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएसनले आग्रह गरेको छ ।

नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएसनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मेडिकल एशोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएसन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएसनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।’

राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बारको भनाइ छ । अदालतबाट भएका विभिन्न फैसलाका बारेमा पूर्णपाठ तयार भएपछि बारले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने गरेको समेत विज्ञप्तिमा छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७