कांग्रेसको असन्तुष्टि : हामीले दुवै काँध थाप्दा पनि सरकारले गति लिन सकेन


०८:१४ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले सरकारलाई दुवै काँध थापेर पूर्ण समर्थन गर्दा पनि कार्यसम्पादन सुस्त रहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले सरकारको गतिप्रति पार्टी सन्तुष्ट नरहेको स्पष्ट पारे । ‘कांग्रेसले एउटा मात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ । तर, सरकारले भने जस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ । गति पक्रिन सकेको छैन,’ उनले भने ।

यद्यपि, विश्वकर्माले कांग्रेस तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली र कार्यसम्पादनमा सुधार हुनुपर्नेमा पार्टीको जोड रहेको बताए । ‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नु पर्छ भन्ने निष्कर्षमा छौँ,’ उनले भने, ‘त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ । हामी सरकारको कार्य सम्पादनबारेमा समीक्षा गर्दैछौँ र नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौँ ।’ नेता विश्वकर्माले सरकार जनताको टुटेको विश्वासलाई जोड्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले सुशासनको सम्बन्धमा भने भर्खरै केही सरलता र सुगमता आएको स्वीकार गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७