ओली नेतृत्वको सरकारबाट बाहिरियो नाउपा


०८:२९ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् ।

केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो । सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज संघ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७