महामन्त्री थापाको आग्रह : देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्


१८:२८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउन आग्रह गरे ।

त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन् । उनले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए । थापाले देशमा केही राम्रो भएको तर अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गर्दै, राम्रो कामका लागि धन्यवाद र अपुगका लागि प्रश्न गर्न आग्रह गरे । उनले विद्यार्थीहरूलाई अबको जिम्मेवारी आफूहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए ।

महामन्त्री थापाले भने, ‘कसैले यो देशमा खतरा भएको छ भने नपत्याउनुस् । कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुवै कुरामा सत्य छैन । यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस्, गर्नुपर्ने जति किन गरिएन भनेर प्रश्न गर्नुस् । बाँकी काम म गर्छु भनेर जिम्मा लिनुस् । नथाक्नुस्, नभाग्नुस्, नगल्नुस् । अडिएर बस्नुस्, नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस्, आलोचनात्मक हुनुस् र रमाइलो पनि गर्नुस्।’ उनले अबको पुस्ताले आफूभन्दा राम्रो काम गर्ने विश्वास आफूमा रहेको पनि बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७