०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौं : अध्यक्ष प्रचण्ड


१९:४५ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ढ’ ले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन् ।

महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनले बताए । जनयुद्धका बेला भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा गीत, संगीत र नृत्यले बढी भूमिका खेलेको बताउँदै उनले आगामी निर्वाचनको लडाइँमा पनि संगीतमार्फत निर्णायक भूमिका खेल्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘आउँदो ०८४ साललाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ भन्ने विश्वास लिएको छु । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईहरू सबैले पनि आफ्नो भूमिका पूरा गर्नु हुनेछ ।’ उनले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी समेत गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७