पेरिसडाँडामा पाँच कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल


१९:३५ बजे

काठमाडौं । पाँच कम्युनिष्ट पार्टीका नेताहरू पेरिसडाँडामा जम्मा भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उनीहरूबीच छलफल भइरहेको छ । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७