बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन 


१९:३२ बजे

बहराइन । बहराइनमा रहेका नेपाली समुदायले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरेका छन् । 

खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका घिसिङलाई बहराइनवासी नेपालीले शुक्रबार नागरिक अभिनन्दन गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका बिभिन्न जातीय संघसंस्था, राजनीतिक भातृसंगठन, जिल्लागत संस्था लगायतले अभिनन्दन गरेका हुन् ।

बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, उपेन्द्र कोइराला, आशिम मोक्तान, श्रवण मिक्चन, नेपाली क्लवका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष लक्ष्मी गिरी, जनजाति महासंघका अध्यक्ष विरेन्द्रकुमार तुम्वापो लगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए ।

नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झण्डा लिएर खाडी क्षेत्रमा नआएको बताएका छन् । ‘म कुनै पनि पार्टीको झण्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन । म कुनै उम्मेदवारी घोषणा गर्न आएको पनि होइन । म सरकारको कर्मचारी भएर वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने, ‘एउटा जिम्मेवार नगारिक भएको हिसावले तपाईहरुसँग एउटा हातमा हात मिसाउने, साथमा साथ मिसाउने र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हो ।’

उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको पनि बताएका छन् । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरुको देशमा पनि पुग्नेछ । अगाडिको यात्रा के गर्ने भनेर धेरैले सोध्नुहुन्छ । अगाडिको यात्रा कस्तो हुन्छ भन्नेमा तपाईको सुझाब नै मेरो यात्राको मुलश्रोत हुनेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७