एमालेले गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : विमलेन्द्र निधि

जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । गठबन्धनमा एमाले इमानदार नदेखिएको उनको भनाइ छ ।
जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्तासँगको भेटमा उनले कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने यो अभियानमा जोडिन नखोजेको बताए । एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ ।
मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकामा अवरोध गरेको उनको आरोप छ। सांसद निधिले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएको योजना अर्कोले ल्याउन नदिने वा अवरोध गर्नतर्फ लागेको आरोप लगाए ।